बिहीबार सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको भाउ

0
Shares

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार १५५ रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९० हजार १०० रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुन तोलाको ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेर कारोबार भएको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ७ आश्विन २०७८, बिहिबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।