सानिमा बैंकले घोषणा गर्यो गत आर्थिक बर्षको लाभांश

0
Shares

सानिमा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले कर सहित ११.०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण हुनेछ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब १२ लाख रहेको छ ।

अघिल्लो वर्ष सानिमाले १४ प्रतिशत नगद लाभांश दिएको थियो ।