पूँजी बजारको नियमन निकायलाई कमजोर बनाई बजारबाट अबान्छित लाभ लिने प्रयत्न : स्वतन्त्र कर्मचारी संगठन

0
Shares

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पूँजीबजार जस्तो संवेदनशील क्षेत्रको नियमन निकायलाई कमजोर बनाई बजारबाट अबान्छित लाभ लिने प्रयत्नप्रति चनाखो हुन सार्वजनिक अपिल गरेको छ ।

संगठनले पूँजीबजारमा सन्दर्भमा अराजक तथा आपराधिक गतिविधि गर्ने व्यक्ति कानुनी कार्वाहीको दायरामा आउनुपर्नेमा सम्बन्धीत निकायहरुलाई ध्याननकर्षण समेत गराएको छ । धितोपत्र बोर्डको सम्पूर्ण कर्मचारीहरुको इमान्दारीता माथि आक्षेप लगाउने तथा तथ्यहिन प्रचार गरी कर्मचारीको मनोवल कमजोर पारी बजारबाट अबान्छित लाभ लिन प्रयत्न भइरहेकोप्रति गम्भिर हुन आह्वान समेत गरेको छ ।

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले यहि असोज ५ र ६ गते बोर्डको कार्यालयमा केही लगानीकर्ता बताउने समूहबाट बोर्डका कर्मचारी तथा पदाधिकारीहरुलाई कार्यालयमा बन्धक बनाइ कर्मचारीहरु प्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले संगठन तथा बोर्डका सम्पूर्ण कर्मचारीहरुलाई दुःखित बनाएको भन्दै उक्त गैरकानुनी कार्य प्रति खेद प्रकट गरेको छ ।

कर्मचारी संगठनद्धारा जारी विज्ञप्तिमा बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्ड अध्यक्षको अभावमा कुनै पनि नीतिगत निर्णय गर्न नसक्ने अवस्थामा बोर्डको कर्मचारीहरुलाई कार्यालयमा बन्धक बनाउंने र अमर्यादित तथा अभद्र शव्दको प्रयोगले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पु¥याएको उल्लेख छ ।

यस्ता गतिविधिहरुले बोर्डका कर्मचारीहरुको जीउज्यानमा सुरक्षाको जोखिम बढाएकोले कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गरी सुरक्षित कार्यवातारणको प्रवन्ध गर्न समेत संगठनले माग गरेको छ । साथै कानुनी रुपमा संगठित लगानीकर्ताका संघ/संस्थाहरु मार्फत मात्र लगानीकर्ताहरुको समस्या समाधान गर्ने व्यवस्थीत प्रणालीको विकास गर्न बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकाय समक्ष माग समेत गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।