काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । साेमबार नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेको हाे।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ। सोमबार ३३६ स्टकको ४९ हजार ७४ पटकको कारोबारमा १ करोड १५ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ। यसबाट ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका कम्पनीमध्ये इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशतले बढेको छ। त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ६.४ प्रतिशत र सृजनशील लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशतले बढेको छ।
यता, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको २४ करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँभन्दा बढी पुगेको छ।
सोमबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूह घटेको छ।
वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशतले बढेको छ। जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।
म्युचुअल फन्ड उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।





प्रतिक्रिया