तीन जीवन बीमा कम्पनीको नयाँ बोनस दर सार्वजनिक, कुनको कति ?

0
Shares

तीन जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका छन् । प्राइम लाइफ, ज्योति लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/२०७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण बीमा समितिबाट असोज ६ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

ज्योति लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण बीमा समितिबाट असोज ७ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।

प्राइफ लाइफ

प्राइफ लाइफ इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ।

कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

महालक्ष्मी लाइफ

कम्पनीले मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।
यस्तै, महालक्ष्मी सरल जीवन बीमा योजना, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधि अनुसार बीमितले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा सबै बीमा अवधिका लागि कम्पनीले ५० रुपैयाँ बोनस कायम गरेको छ । कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनस कायम गरेको छ ।

ज्योति लाइफ

ज्योति लाइफ इन्स्योरेन्सले २०७७ अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने गरी जारी गरिएका बीमालेखहरुमा प्रतिहजार न्यूनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्र्तगत बीमा अवधिअनुसार न्यूनतम प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार कम्पनीले प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ । यस्तै, कम्पनीले अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।