आठ हजार ऋणी कालोसूचीमा, १४ लाख ३९ हजार ऋण खाता

0
Shares

आर्थिक वर्ष २०७५/७६ को अन्त्य सम्ममा बैंकहरुबाट ऋण लिएर नतिर्नेको संख्या साढे आठ हजार नाघेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कालोसूचीमा रहेका ऋणीको संख्या ८ हजार ६ सय २० रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ मा मात्रै २ हजार ८ सय ४२ ऋणी कालो सूचीमा थपिएका छन् । गएको वर्ष ६ सय २८ ऋणी कालोसूचीबाट हटेको उल्लेख छ।

बैंक तथा वित्तीय संस्थामा १४ लाख ३९ हजार ६ सय ४८ ऋण खाता रहेको राष्ट्र बैंकले जारी गरेको गत वर्षको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कमा उल्लेख छ। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीको संख्या पनि वर्षेनी बढ्दै गएको छ । पछिल्लो ५ वर्षमा ४ लाख भन्दा बढीले बैंकबाट ऋण लिएका छन्।

२ करोड खाताको ६ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप सुरक्षण

नेपाल राष्ट्र बैंकले अहिलेसम्म ६ खर्ब ३८ अर्ब रुपैँयाको निक्षेप सुरक्षण गरिएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गउको वर्षको आर्थिक तथा वित्तीय अवस्थामा ८५ वटा बैंक तथा वित्तीय संस्थामा २ करोड २१ लाख प्राकृतिक व्यक्तिका नाममा रहेको बचन, चल्ती, कल र मुद्दती निक्षेपकको गरी ६ खर्ब ३ अर्ब ३८ करोड रुपैयाँ निक्षेपको सुरक्षण गरिएको जनाएको छ ।

२०७५ असार मसान्तमा १ करोड ९३ लाख निक्षेपकर्ताहरुको ४ खर्ब ३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण गरिएको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको २५ अर्ब ६६ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ ।