बुद्धभुमि नेपाल हाइड्रोको आईपीओमा आवेदन खुल्यो

0
Shares

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि ८ करोड बराबरको आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त शेयरमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिनेछ। जसम न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओमा उच्च खरिद आवेदन पर्ने हुँदा १० कित्ताका लागि मात्र आवेदन गर्दा उपयुक्त हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओलाइ इक्रा नेपालले इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम जोखिम रहेको जनाउँदछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

कम्पनीले ४.९९३ मेगावाट क्षमताको तल्लो ताँदी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ। आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ र प्रतिमेगाबाट लागत २३.८ करोड रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता (स्थानिय बासिन्दालाई ४ लाख कित्ता सहित) शेयर निष्काशनमा ल्याएको छ।

आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी आयोजनाको कर्जा आँशिक भुक्तानीमा प्रयोग हुने कम्पनीले जनाएको छ। हाल विभिन्न बैंकमा ७७ करोड ३४ लाख ९९ हजार रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ। आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।