गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको आइतबार साँझ पाँच बजे सम्पन्न बैठकले शेयरधनीलाई कुल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँको १६.९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश गरी कुल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अघिल्लो आव २०७६।७७ बाट लघुवित्तले ७.६१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद गरी ८.०४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
गत आवबाट प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ९ करोड ७४ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया