चालु आर्थिक बर्षको पहिलो महिनाकै व्यापार घाटा झण्डै एक खर्ब, निर्यातमा भने सुधार

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मुलुकको व्यापार घाटा झण्डै एक खर्ब पुगेको छ ।

यो व्यापार घाटा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा भने कम हो । अघिल्लो वर्षको सोही अवधिमा नेपालले १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा व्योहोरेको थियो।

गएको साउन महिनामा नेपालले १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा आयात गरेको छ भने ८ अर्ब ७७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

साउन महिनामा एक खर्ब १५ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको देखिन्छ । जस अनुसार पहिलो महिनामै नेपालको व्यापार घाटा ९७ अर्ब ९५ करोड २५ लाख रुपैयाँ पुगेको देखिन्छ ।

साउनमा भारतबाट ६७ अर्ब ८१ करोड रुपैयाँको सामान आयात भएको छ । यस्तै, चीनबाट १८ अर्ब ५३ करोड र इण्डोनेसियाबाट २ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात र व्यापार घाटा घटेको छ भने निर्यात बढेको छ। तर, गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा निर्यात भने बढेको छ ।

गत आर्थिक वर्षमा सरकारले १३ खर्ब २१ अर्ब रुपैयाँ व्यापार घाटा व्योहोरेको थियो।