मंगलबारको प्रि-ओपनिङ्गमा मन्दी, २७ लाखको शेयर खरीद बिक्री

0
Shares

साताको तेस्रो कारोबार दिनको प्रि-ओपनिङ्गको कारोबारमा मन्दी छाएको छ ।

मंगलबार कारोबारमा आएका १८ कम्पनीमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ । ८ कम्पनीको शेयरमूल्य घटेको छ ।

यस अवधिमा नेप्से १.८१ अंकले घटेर २६८३.६० बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.१५ अंकले बढेर ५०६.४९ बिन्दुमा पुगेको छ ।

पन्ध्र मिनेट अवधिको प्रि ओपनिङ्गमा १८ कम्पनीको ५ हजार ८८१ कित्ता शेयर ५० वटा कारोबारबाट २७ लाख ३ हजार ९४५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।