साढे दुई दर्जन कम्पनीले गत आवको लाभांश घोषणा गर्दा तपाईको कम्पनीले कति दिँदैछ ?

0
Shares

नेप्सेमा सूचीकृत रहेका कम्पनीहमध्ये भदौ १७ गतेसम्म साढे दुई दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

कूल २९ वटा कम्पनीले लाभांश घोषणा गरेकोमा सबैभन्दा धेरै लघुवित्तका १६ कम्पनी रहेका छन् । यस्तै ६ वाणिज्य बैंक, र ७ वटा म्युचुअल फण्डले पनि गत आवको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

हेरौं कुन कम्पनीले कति वितरण गर्दैछ लाभांश ?

वाणिज्य बैंकमा सबैभन्दा धेरै ३ बैंकले २१.०५ लाभांश घोषणा गरेका छन् भने लघुवित्तमा मिर्मिरे माइक्रोफाइनान्सले सबैभन्दा धेरै ४७. ३७ प्रतिशत घोषणा गरेको छ । यस्तै म्युचुअल फण्डमा लक्ष्मी भ्यालु फण्ड–१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले १५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

यी कम्पनीहरु बाहेक अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट नागरिक लगानी कोषले २२ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश तथा लुम्बिनी विकास बैंकले १७.०६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै नेको इन्स्योरेन्सले पनि १२ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्दैछ।