एनएमबि बैंकको मुद्धती निक्षेपमा ९.५२% को आकर्षक योजना

0
Shares

एनएमबि बैंकले नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२% बार्षिक ब्याजदर (०.५ % प्रिमियम सहित) प्रदान गर्ने भएको छ ।

हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा बैंकले सबै वर्गलाई समेट्ने गरी निक्षेपमा  उच्च ब्याज प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सक्नेछन् । भिडियो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । भिडियो केवाईसीको लागी डिजिटल लिंक यस प्रकार रहेको छः

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।