विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ ।
नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।
यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् ।
यो अफर २९ सेप्टेम्बर (आज) देखि लागू भई २ अक्टूबरसम्म कायम रहने अस्पतालले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया