
रभु बैंक (PRVU) ले ४ लाख ९७ हजार ८ सय ११ कित्ता कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री खुला गरेको छ । बैंकले असोज १७ गतेदेखि असोज २५ गतेसम्म बोलपत्र भर्न पाउनेगरी उक्त शयरको लिलामी खुला गरेको हो ।
बैंकको संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन पाउनेछन् । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र बीमा समितिले तोकिए बमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नुपर्ने छ ।
लिलामी मार्फत शेयर खरी दगर्न इच्छुक लगानीकर्ताले न्युनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबुल गरेर प्रतिस्पर्धात्मक मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था छ ।
सबैभन्दा बढी रकम कबुल गर्नेलाई प्राथमिकतामा राखेर उक्त लिलामी शेयर बाँडफाँड हुनेछ ।
बैंकको संस्थापक शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लिलामीको शेयरको बोलपत्र कार्तिक १ गते खोलिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया