
इमर्जिङ नेपाल लिमिटेडको आगामी कात्तिक १२ गते छैठौ वार्षिक साधारण सभा बोलाएको छ ।
असोज ४ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले कात्तिक १२ गते एभरेष्ट होटल नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो ३ः३० बजे छैठौ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्ने सामान्य प्रस्ताव रहेको छ ।
यसैगरी अन्य प्रस्तावहरुमा आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका रहेका छन् ।
इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणमा ५ लाख ५५ हजार ६०० कित्ता आईपीऋो जारी गर्दैछ । जसका लागि कम्पनीले गत असार १७ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट शेयर जारी गर्न अनुमति पाएपछि मात्र उक्त शेयर बिक्रीमा आउनेछ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
सम्बन्धीत थप समाचारहरुः-
- इमर्जिङ नेपालले साढे ५ करोडको आईपीओ निष्काशन गर्ने, बोर्डसँग अनुमति माग
- इमर्जिङ नेपालको आईपीओलाई ‘डबल बी प्लस’ रेटिङ
- इमर्जिङ्ग नेपालले ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया