
मेट लाइफ इन्स्योरेन्सका बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को बीमाङ्कीय मुल्याङ्कन बीमा समितिबाट पारित भएसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक भएको हो ।
कम्पनीले विभिन्न बीमालेखमा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान) मा बीमा अवधिअनुसार न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
शिक्षा संरक्षण बीमालेख (एजुकेशन प्रोटेक्शन प्लान) मा कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । यस बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।
अग्रिम भुक्तानी बीमालेख (थ्री पेमेन्ट प्लान) कम्पनीले न्यूनतम प्रति हजार ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।
उपरोक्त अनुसारको बोनसदर मृत्यु दाबी, समपर्ण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागू हुने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीको अर्को बीमाङ्कीय मुल्याङ्कन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनस दर लागू हुने कम्पनीले बताएको छ ।
मेटलाइफ आव २०७६/७७ बाट बीमितलाई बोनसदर घोषणा गर्ने पाँचौं कम्पनी बनेको छ । मेटलाइफ अघि यसअघि नै चार जीवन बीमा कम्पनीले बीमा समितिबाट आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेर बोनस दर सार्वजनिक गरिसकेका छन् । महालक्ष्मी लाइफ, ज्योति लाइफ, प्राइम लाइफ, रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक भैसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया