सानिमा क्यापिटलको वार्षिक साधारण सभा आज, २५ % लाभांश अनुमोदन हुँदै

0
Shares

सानिमा क्यापिटल लिमिटेडले शुक्रबार (आज) छैठौं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ ।

क्यापिटलले दिउँसो १ बजे सानिमा बैंकको केन्द्रीय कार्य नक्सालमा सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी २५ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

क्यापिटलमा सानिमा बैंकको शतप्रतिशत लगानी रहेकाले उत्तक्त लाभांश बैंकले पाउनेछ ।

यस्तै सभाले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, सञ्चालकहरुको सेवा सुविधाको सम्बन्धमा छलफल गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १५ आश्विन २०७८, शुक्रबार  १२ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।