सनराइज फर्स्टको न्याभ ५.८६ रुपैयाँले घट्यो, ५४ कम्पनीमा लगानी

0
Shares

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ५.८६ रुपैयाँले घटेको छ ।

शेयर बजारमा आएको गिरावटले सूचीकृत कम्पनीको शेयरमा गरएिको लगानी रकम घट्दा फण्डको न्याभ घटेको हो ।

भदौ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४.६२ रुपैयाँमा झरेको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ २०.४८ रुपैयाँ थियो ।

भदौ मसान्तसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्डले ५४ वटा सूचीकृत कम्पनीको २९ लाख ४० हजार ११३ कित्तामा लगानी गरेको छ । यस अवधिमा फण्डको सूचीकृत कम्पनीको शेयरमा गरेको लगानी ८१ करोड ६० लाख २४ हजार रुपैयाँ छ ।

साउनको तुलनामा लगानी ३ करोड ६२ लाख २४ हजार रुपैयाँले घटेको हो । साउन मसान्तसम्ममा फण्डको ८५ करोड २२ लाख ४८ हजार रूपैयाँ बराबरको लगानी सूचीकृत कम्पनीहरूको शेयरमा थियो ।

भदौ मसान्तसम्मको फण्डको कुल आय ८ करोड ८ लाख ८४ हजार ७६७ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७८, शुक्रबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।