
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलाको २०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ६०० रुपैयाँ, तेजावी सुन ८९ हजार १५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया