प्रभु क्यापिटल बन्यो १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी

0
Shares

प्रभु क्यापिटलले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

असोज १६ गते शनिबार छायाँ सेन्टर ठमेलमा अवस्थित होटल एलोफ्टमा सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पु¥याउने पहिलो कम्पनी बनेको छ ।

प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ आश्विन २०७८, आइतबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।