स्कोडाको दशैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

0
Shares

नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।

ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउने कम्पनीले जनाएको छ । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दशैं योजना ल्याएको हो ।

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् ।
नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कारपारखीमाझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिङ्ग फनका कारण स्कोडाका कार निकै लोकप्रिय छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।