
साहस उर्जा कम्पनी लिमिटेडको शुक्रबार बाँडफाँड भएको आईपीओको नतिजा प्रकाशित भएको छ । बिक्री प्रबन्धक एनआईबिएलएस क्यापिटलको कार्यालयमा आइतबार बिहान ९ बजे आईपीओ बाँडफाँड गरिएको थियो।
साहस उर्जाको आईपीओ बाँडफाँड, ६ लाख ४४ हजारलाई १० कित्ता
क्यापिटलका अनुसार आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको आईपीओ बाँडफाँडको लागि नै बनाइएको वेवसाइट, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाइट, साहस उर्जा कम्पनी लिमिटेडको वेवसाइट र मेरो शेयरको आईपीओ भरिएको एप्लिकेशन रिर्पोटमा गएर हेर्न सकिन्छ।
-
सिडिएससीको आईपीओ रिजल्ट हेर्नकै लागि बनाइएको वेवसाइट
-
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेभसाइट
-
मेरो शेयरको आफ्नो एकाउन्ट
- आईपीओ निष्काशक कम्पनी साहस उर्जाको वेवसाइट
कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरु र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन संकलन गरिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया