हाथवे फाइनान्स ग्लोबल आइएमई बैंकमा गाभिँयो,एकिकृत कारोबार सुरु

0
Shares

हाथवे फाइनान्स लिमिटेडलाई खरिद गरेको ग्लोबल आइएमई बैंकले बुधबारदेखि एकिकृत कारोबार थालेको छ। हाथवे फाइनान्स लिमिटेडको सम्पूर्ण वित्तीय कारोबार आज बुधबार बाट ग्लोबल आइएमई बैंकको नामबाट हुन थालेको छ ।

ग्लोबलले १००ः४२ शेयर स्वाप रेसियोमा हाथवेलाई एक्वायर गरेको हो । श्रावण १४ गते एकैपटक सम्पन्न ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको साधारण सभा बाट एक्विजिशन प्रस्ताव पारित गरेका थिए ।

चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको ग्लोबलले ३० करोड रुपैयाँ पूँजी भएको हाथवेलाई एक्वायर गरेको हो ।

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।