
सानिमा माई हाइड्रोपावर (SHPC) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले सोमबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बुकक्लोज गर्ने निर्णय गरेकोले नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीले प्रस्ताव गरेको चुक्ता पूँजीको दश प्रतिशत बोनस शेयर समायोजन गरी प्रति कित्ता ४०६ रुपैयाँ ३६ पैसा मूल्य निर्धारण गरेको छ ।
आइतबार कारोबार भएको अन्तिम मूल्य ४४७ रुपैयाँका आधारमा दश प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो । यससँगै सोमबार समायोजित मूल्यलाई आधार मानेर सानिमा माइको शेयर कारोेबार सुचारु हुनेछ ।
कम्पनीको १० प्रतिशत बोनस असोज १७ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।
कम्पनीले कार्तिक ११ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सानिमा माई हाइड्रोपावरको १०% बोनस प्रस्ताव, कार्तिक ११ गते सभा
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया