
नेपाल बंगलादेश क्यापिटलको साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ ।
बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सोमबार सम्पन्न भएको संस्थाको तेस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव गरेको लाभांशलाई पारित गरेको हो ।
हाल संस्थाको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । जसको १९ प्रतिशतका दरले ३ करोड ८० लाख रुपैयाँ नगद लाभांश शेयरधनीले पाउने भएका छन् ।
यस्तै सभाले आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया