प्रतिनिधिसभाले औद्योगिक व्यवसाय विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
यसअघि बैठकमा प्रतिनिधिसभा, अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले राजश्व चुहावट अनुसान्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ सभामा पेश गरेका थिए ।
त्यसैगरी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सभामा टेबुल गर्नु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।
प्रतिक्रिया