
मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार स्थीर रहेको सुनको भाउ मंगलबार बढेको हो । नेपाल सुनचाँदी रत्न तथा अभुषण महासंघका अनुसारसुनको भाउ मंगलबार तोलाको ५०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलामा ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाला सुन तोलाको ८९ हजार ८०० रुपैयाँ तथा तेजावी सुन ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य बढेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया