श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगियो

0
Shares

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ । बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’ बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ । “जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ ”, उनले भने ।

जहाज उडानका लागि कुनै समस्या नरहएको पनि प्रवक्ता शेर्पाले जानकारी दिए । उनले भने,“झण्डै ४५ मिनेटदेखि जहाजलाई धावनमार्गतिर निकाल्ने प्रयास भइरहेको छ । उडान अवतरणमा कुनै समस्या हुदैन ।”

विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।