स्ट्याण्डर्ड चार्टर्ड बैंकले बढाएर घोषणा गर्यो लाभांश

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले अघिल्लो बर्षको तुलनामा लाभांश बढाएर घोषणा गरेको हो।

बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

अघिल्लो वर्ष  २०७६/७७ बाट बैंकले ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।