
बंगलादेशका महामहिम राजदूतसलाहुद्धिन नोमन चौैधरीले नेपाली मालवस्तुको आयातमा सुविधायुक्त प्रवेशको लागि सम्बन्धित निकायमा छलफल गरिने बताएका छन् ।
मंगलबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँगको भेटमा मल्लले नेपाली मालवस्तुको आयातमा सुविधायुक्त प्रवेश भएमा दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन सकनिे धारणा राखेपछि राजदूत चौैधरीले बंगलादेशले नेपालबाट आयात गर्न सकिने वस्तु महंगोमा तेश्रो मुलुकबाट आयात गरेको बताउँदै उक्त सुविधा नेपाललाई दिन बंगलादेश तयार रहेको बताएका हुन् ।
चेम्बर भवन जमलमा आज भेटवार्तामा राजदूत सल्लाहुद्धिन नोमन चौधरीले नेपाल भौगोलिक रुपले बंगलादेशको तेश्रो निकटतम मुलुक भएको दर्शाउँदै यो निकटता आर्थिक सम्वन्धमा प्रतिबिम्वित हुन नसकेको बताए । बंगलादेशका राजदूतलाई चेम्बर भवनमा स्वागत गर्दै चेम्बर अध्यक्ष मल्लले नेपाल र बंगलादेश भौगोगिक रुपले धेरै नजिक भएता पनि दुई मुलुक बीच अपेक्षित रुपमा व्यापार सम्बन्धमा बढ्न नसकेको बताए ।
सार्क, बिम्सटेक, बिबिआइएन जस्ता बहुपक्षीय फोरमहरूमा नेपाल तथा बंगलादेश एकअर्कालाई सहयोग गर्दै आइरहेको बताए । भेटघाटमा अध्यक्ष मल्लले नेपाल र बंगलादेश बीच आर्थिक सम्बन्ध वृद्धि गर्न प्रसस्त सम्भावना रहेको बताउँदै उनले विभिन्न व्यापार मेलामा द्विपक्षीयको सहभागिता, व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्क तथा बंगलादेशमा नेपाली मालवस्तुको आयातमा सुविधायुक्त प्रवेश भएमा दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउने बताए ।
उनले नेपाल र बंगलादेश बीच, सडक तथा रेल्वेको माध्यमबाट पनि सोझै आयात तथा निर्यात गर्न सकिने भएकोले यस तर्फ दुबै मुुलुकले संयुक्त रुपले पहल गरिनुपर्ने बताए । सो अवसरमा अध्यक्ष मल्लले बंगलादेशको अर्थतन्त्रले दु्रततर गतिले अघि बढि रहेको सन्दर्भमा नेपालले जलविद्युत निर्यात गर्न सक्ने सम्भावना रहेकोले बंगलादेशबाट उर्जा क्षेत्रमा लगानी हुन सकेमा दुबै पक्षलाई फलदायी हुने बताए ।
भेटमा राजदूत चौैधरीले बंगलादेशले तयारी पोशाक तथा औषधीको उत्पादनमा बिशिष्टता हासिल गरि सकेको हुँदा सो क्षेत्रमा विदेशी लगानी आउनसक्ने सम्भावना बताउँदै सोको लागि सुविधायुक्त विशेष आर्थिक क्षेत्र उपलब्ध हुनुपर्ने र उर्जा क्षेत्रमा पनि बंगलादेशले लगानी गर्ने सम्भावना रहेको बताए ।
नेपाल बंगलादेश बीच २० वटा निकासी योग्य वस्तुहरुमा पारस्परिक रुपमा सुविधायुक्त प्रवेशको लागि पहल भइरहेको बताउँदै प्रस्तुत व्यवस्था दुबै पक्षबाट सहमति भएमा दुई मुलुक बीचको आर्थिक सम्बन्ध विस्तार हुने बताए । उक्त अवसरमा बंगलादेश दुतावासका उप नियोग प्रमूख इस्राप जहां र नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्षद्धय दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठ एवं कार्य समिति सदस्यहरु सन्तोष कुमार पाण्डे, पर्शुराम दाहाल तथा निरज राइको पनि उपस्थिति रहेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया