हिमालयन रिको साधारण सभा आह्वान, आईपीओ प्रस्ताव पारित गर्ने

0
Shares

नयाँ कम्पनीको रुपमा स्थापित हिमालयन रि इन्स्योरेन्सले साधारण सभा आह्वान गरेको छ । कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीको भदौ ३० गते सम्पन्न कम्पनी संचालक समितिको बैठकले सभाको मिति तोकेको हो ।

सभा अपरान्ह ५ बजे शुरु हुनेछ ।

सभाले सर्वसाधारणका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश गर्दैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।