धितोपत्र बोर्डले ४१ कम्पनीसँग माग्यो तीन आर्थिक बर्षको वित्तीय विवरण

0
Shares

नेपाल धितोपत्र बोर्डले पछिल्लो चार बर्षमा सार्वजनिक निष्काशन (आईपिओ वा एफपिओ) गरेका ४१ कम्पनीको वित्तीय विवरण माग गरेको छ ।

बोर्डले आर्थिक बर्ष ७१/७२ देखि ७५/७६ को अवधिमा सार्वजनिक निष्काशन गरेका कम्पनीहरुको वित्तीय विवरण सात दिनभित्र बुझाउन बुधबार निर्देशन जारी गरेको हो ।

बोर्डले ति कम्पनीलाई सार्वजनिक निष्काशन गर्दा आफ्नो विवरणपत्रमा उल्लेखित प्रक्षेपित वित्तीय विवरण र वास्तविक वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

बोर्डले विवरणपत्र प्रकाशन गरेको वर्षबाट तीन वर्ष अवधिको र तीन वर्षको अवधि नपुगेकाको हकमा जति वर्षको यथार्थ वित्तीय विवरण तयार भएको छ सोही अवधिको प्रक्षेपित वित्तीय विवरण र वास्तविक वित्तीय विवरण बोर्डमा बुझाउन भनेको छ ।

४१ कम्पनीको वित्तीय विवरण माग