बिहीबार शेयर कारोबार बन्द, अब आइतबार मात्रै खुल्ने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज २१ गते बिहीबार (आज) शेयर कारोबार बन्द छ ।

सरकारले बिहीबार नेपालीको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना पर्वको अवसरमा सर्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द भएको हो । सरकारले हरेक वर्ष घटस्थापनाको अवसरमा सार्वजनिक विदा दिने गरेको छ ।

सरकारले आज सार्वजनिक विदा दिएकाले अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार मात्रै शेयर कारोबार हुने भएको छ । नेपालमा सार्वजनिक विदा बाहेक आइतबारदेखि बिहीबारसम्म पाँच दिनमात्र शेयर कारोबार हुने गरेको छ । सार्वजनिक विदासँगै बिहीबार नेप्से पनि बन्द भएको हो ।

बिहीबार सार्वजनिक विदाका कारण यो साताको अन्तिम कारोबार बुधबार नै भएको छ भने अर्को साता दशैंअघि आइतबार र सोमबार धितोपत्र बजार खुला हुनेछ । अब आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६८१.१० बिन्दुमा पुगेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना ( जमरा राख्ने) गरिन्छ । पूजा कोठा वा दशैंँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ आश्विन २०७८, बिहिबार  ११ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।