गुराँस लाइफका सीईओ भट्टराईको राजीनामा स्वीकृत

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा स्वीकृत भएको छ ।

असोज २१ गते बिहीबार बसेको सञ्चालक समितिको १७५ औं बैठकले कम्पनीका सीईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको हो ।

भट्टराईले असोज १९ गते आफ्नो व्यक्तिगत कारण देखाइ पदबाट राजीनामा दिएका थिए । 

कात्तिक १ गतेदेखि लागू हुने गरी भट्टराईको राजीनामा स्वीकृत भएको कम्पनी सचिव बोधलाल पुरीले जानकारी दिए ।

यस्तै, कम्पनी सञ्चालक समितिको सोही बैठकले कम्पनीका सञ्चालक (प्रतिनिध सनराइज बैंक) अपछ कुमार यादबले दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।

साथै सोही बैठकले संस्थापक शेयरधनीको तर्फबाट रित्त रहेको संचालक पदमा विक्रम कुमार तोदीलाई नियुक्ति गरेको कम्पनी सचिव पूरीले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।