आदर्श लघुवित्तले आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

0
Shares

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले जारी पूँजी २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । जसका लागि कम्पनीले असोज २० गते बुधबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ निष्काशनका लागि अनुमति माग गरेको छ ।

लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सबै काम गर्न बीओके क्यापिटल मार्केटलाई गत साउन ६ गते नै नियुक्त गरिसकेको छ ।

लघुवित्तले शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा बीओके क्यापिटल मार्केटलाई दिइएको हो । सम्झौतामा आदर्श लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार शेयर निष्काशन भईसकेपछि शेयर रजिष्ट्रारको कार्य पनि बि.ओ.के. क्यापिटलले नै गर्नेछ । 

लघुवित्तको असार ३१ गते संस्थाको केन्द्रीय कार्यालय, बनेपामा तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकबाट अनुमति लिने बैंक तथा वित्तीय संस्थाले आफ्नो जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

हाल संस्थापकबाट १ करोड ४० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने ६० लाख रुपैयाँ बराबरको शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ पुग्नेछ ।

आदर्श लघुवित्तले आईपीओ जारी गर्ने, बि.ओ.के. क्यापिटल बिक्री प्रबन्धक चयन

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।