मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबारसम्म १५ लाख ६२ हजार १८० आवेदकले भरेका छन् ।
शेयर खरीदका लागि उल्लेखित आवेदकबाट २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ९२ हजार २९० कित्ता शेयरको लागि माग परेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमईले जानकारी दिएको छ ।
यो संख्या सर्वसाधारणबाट आवेदन माग गरिएको कित्ता (८१ लाख ९० हजार) को २.८८ गुणा धेरै हो ।
कम्पनीले असोज २० गते बुधबारदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी ८१ लाख ९० हजार कित्ता शेयरको लागि सर्वसाधरणबाट आवेदन माग गरेको थियो ।
आईपीओमा असोज २५ गतेसम्ममा आवेदन दिन सकिन्छ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
कम्पनीको आईपीओमा मेरो शेयर मोबाइल एप तथा वेसाइट एवं नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाटबाट पनि आवेदन दिन सकिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया