अनलाइन सपिङ साइट दराजले आगामी तीन वर्षमा नेपालमा इ–कमर्सको क्षेत्रमा उल्लेख्य प्रगति गर्ने लक्ष्य तय गरेको छ । दराजका ग्लोबल सिइओ ब्यार्के मिकेल्सन नेपाल आएर आफ्ना लक्ष्य सार्वजनिक गरेका हुन ।
प्रत्येक वर्ष इ–कमर्स उद्योगमा दोब्बरभन्दा बढीका दरले वृद्धि गर्ने, २० हजार विक्रेतालाई दराज युनिभर्सिटीद्वारा तालिम दिई समावेश गर्ने तथा उत्कृष्ट सुविधाजनक, सहज, तथा समयसान्दर्भिक हुँदै दराज प्रयोगकर्ताको संख्या ५० लाखसम्म र्पुयाउने लक्ष्य सार्वजनिक गरेको छ । त्यस्तै सबै उपभोक्तासामु डिजिटल पेमेन्टको सुविधा र्पुयाउने तथा १ लाख रोजगारीको अवसर सिर्जना गर्ने दराजको लक्ष्य छ ।

सिइओ ब्यार्केले नेपालमा अहिले दराजले २ लाख ५० हजारभन्दा बढी सामान अनलाइनमार्फत उपभोक्तासम्म र्पुयाउने गरेको जानकारी दिए । दराजले नेपालमा ५ हजारभन्दा बढी रोजगारी उत्पादन गरिसकेको ब्यार्केको भनाइ थियो ।
दराज युनिभर्सिटीमार्फत हरेक महिना ५ सय नयाँ विक्रेता दराजमा समावेश गर्ने उनले दाबी गरे । ब्यार्केले ब आउने २० वर्षमा डिजिटल प्रविधिले संस्कृति, राजनीतिदेखि लिएर समाजको हरेक पक्षलाई असर बताए ।
दसैँको अवसरमा दराजले भदौ २९ देखि असोज १३ सम्म थुप्रै ब्रान्डमा छुट कार्यक्रम लिएर आउने जानकारी दिएको छ । त्यस्तै अलिबाबा ग्लोबलको सबैभन्दा ठूलो सेल दिवस ११र११ पनि कात्तिक २५ गते पर्ने र उक्त दिन विशेष छुट अफर राखिने कम्पनीले जनाएको छ ।












प्रतिक्रिया