खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि थाल्यो खसीबोका बिक्री

0
Shares


सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि उपत्यकामा खसीबोका बिक्री थालेको छ । खाद्यको थापाथली परिसरबाट खसीबोकाको बिक्री थालिएको हो ।

कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६५० रुपैयाँ तोकेको छ । जसमा १० रुपैयाँ छुट दिएर खाद्यले प्रतिकेजी ६४० रुपैयाँमा बिक्री थालेको हो । अघिल्लो वर्ष दश रुपेयाँ छुट दिएर कम्पनीले प्रतिकिलो ५५० रुपैयाँका दरले बिक्री गरेकोमा यो वर्ष प्रतिकिलो ९० रुपेयाँले मूल्य बढेको हो ।

खाद्यले बिक्री गर्ने खसीबोकाको मूल्य नै प्रतिकिलो ९० रुपैयाँले बढ्यो

घटस्थापनाको भोलिपल्टबाट बिक्री वितरण गर्ने भनिएका खसीबोका विभिन्न समस्याका कारण ल्याउन ढिला हुँदा आजबाट बिक्री कार्य सुरु गरिएको सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् ।

कम्पनीले हेटौंडा र दाङका किसानहरुबाट ल्याएको खसिबोका बिक्री थालेको हो । कम्पनीले उपत्यकामा ल्याउने २ हजार वटा खसीबोकामध्ये शनिबार बिहानसम्म १ हजार ५९ खसिबोका आइपुगेको छ । शुक्रबारसम्म ७३० वटा खसीबोका आइपुगेकोमा र शनिबार बिहानसम्म थप ३२९ गरी कुल १ हजार ५९ खसीबोका भित्रिएको हो ।

च्याङ्ग्रा ल्याउने निर्णयबाट खाद्य व्यापार कम्पनी पछि हट्दा उपभोक्तालाई मूल्यवृद्धिको मार

कम्पनीले अघिल्ला वर्षहरुमा खसीबोका मात्र नभइ च्याङ्ग्रा पनि आयात तथा बिक्री गर्ने गरेको थियो । तर यस वर्ष च्याङ्ग्राको मूल्य उच्च भएपछि मुस्ताङबाट ल्याउने भनिएको १ हजार वटा च्याङ्ग्रा ल्याउने निर्णबाट कम्पनी पछाडि हटेको हो ।

कम्पनीले गत वर्ष पनि ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बराबरको १ हजार ४०० च्यांग्रा र १ हजार ६०० वटा खसीबोका खरिद तथा बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७८, शनिबार  १३ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।