
नेपालीको महान् चाड बडा दशैं असोज २१ गतेदेखि सुरु भैसकेको छ । दशैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ । यो बेला आर्थिक स्तरअनुसार ऋणधन गरेर भए पनि नयाँ कपडा किन्ने गरेका छन् । बालकालिकादेखि वृदवृद्धासम्म दशैं सपिङको क्रेजबाट मुक्त हुन सक्दैनन् ।
बडा दशैंले छोपेसँगै काठमाण्डौं उपत्यकाको प्रमुख ब्यापारीक केन्द्र असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोडमा दशैं सपिङका लागि किनमेल गर्नेहरुको खचाखच भीड लागेको छ । दशैंका लागि विभिन्न स्थानहरुबाट असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोडमा किनमेलका लागि पुग्दा यस क्षेत्रमा किनमेल गर्नेहरुको भीडका कारण बजारमा एकले अर्को व्यक्तिलाई ठेलमठेलको भीड लागेको हो । भित्री गल्लीका पसलहरुमा पनि उस्तै भीड देखिन्थ्यो ।
व्यापारीक मल तथा पसलले दशैंलाई लक्षित गरेर विभिन्न अफर योजना समेत ल्याएका छन् । तर सपिङ मलको अफरले ग्राहक तान्नत सकेको देखिदैनथ्यो भने न्यूरोड क्षेत्रमा फुटपाथका ब्यापारीलाई समेत भ्याइनभ्याई देखिन्थ्यो । यस क्षेत्रका ब्यापारीहरु सामान बिक्रीमा ब्यस्त थिए भने उपभोक्ताहरु दशैंका लागि नयाँ कपडाहरु किन्नमा ब्यस्त देखिए । युवा उमेरका तन्नेरीदेखि बच्चा काखी च्यापरे आउने महिलादेखि वृद्धवृद्धाहरु पनि किनमेलमा ब्यस्त देखिन्थे । कति पलसमा त ४।५ जनाले समेत ग्राहकलाई खोजे अनुसार लत्ताकपडा देखाउन समेत नसक्ने भीड देख्न सकिन्थ्यो ।
गत वर्षभन्दा यो वर्ष लत्ताकपाडाको भाउमा ३० प्रतिशतभन्दा धेरै बढेको ब्यापारीहरु नै बताउँछन् । उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना चाडपर्वमा बढी कारोबार हुने भएकाले व्यवसायीले यही बेला मौका छोपेर ठगि गर्नसक्ने भएकाले सरकारले जिम्मेवार भएर मूल्यवृद्धिको कारण खोज्दै नियन्त्रण गर्नुपर्ने बताउँछन् ।
व्यापार गर्नेहरुका लागि दशैं सबैभन्दा ठूलो सिजन पनि हो । त्यसकारण पनि उनीहरु भ्याइनभ्याई देखिन्थे । न्यूरोड, असर र महाबौद्ध क्षेत्र जुनसुकै सामानका लागि पनि महत्वपूर्ण मानिन्छ । कुनै पनि बेला ब्यापार बढ्यो भने ब्यापारीहरुले दशैंमा जस्तो ब्यापार भन्ने गर्छन्, त्यसैले दशैंमा ब्यापार नहुने त कुरै भएन । न्यूरोड क्षेत्रमा खासगरी राम्रा सामान पाइने बजारमा रुपमा पनि चिनिन्छ । सर्वसाधरणको ध्यान खिच्नका तथा अन्य समयमा भन्दा दशैंमा बढि व्यापार गर्ने उद्धेश्यले व्यापारीहरुले छुट समेत दिएका छन् ।
आइतबारदेखि टाढा घर हुनेहरुका लागि दशैंको लागि घर जाने चटारो बढ्ने हुँदा शनिबार काठमाडौंका सडकमा पनि सवारी साधनको चाप पनि थामिनसक्नुको थियो ।
काठमाण्डौं पेप्सीकोलाकी विनीता कार्कीलाई दशैंको लागि सपिङ गर्न न्युरोड नआइ चित्तै बुझ्दैन । उनी हरेक सपिङ्गका लागि केही खरीद गर्नुपर्यो भने न्युरोड नै आइपुग्ने बताउँछिन् । शनिबार असनमा भेटिएकी उनले भनिन् ‘ घर नजिकै थुप्रै सपिङ मलहरु छन् तर यहाँको चहलपहल र आएर सपिङ गर्नुको मज्जा (रमाइलो) नै छुट्टै लाग्छ । यहाँ नआई गरिएको सपिङले चित्तै बुझ्दैन, त्यसैले हरेक दशैंमा सधै सपिङका लागि यही आउँछु’
कार्कीका अनुसार विगतका वर्षभन्दा कोरोना कहरको त्रास कम भएकाले पनि यो वर्ष निकै भीडभाड बढेको उनको अनुभव छ । उनी जस्तै धेरैलाई न्यूरोड क्षेत्रमा गएर लत्ता कपडा सपिङ गर्न पुग्ने गर्छन् ।
महाबौद्धमा ठूलो कपडा होलसेल सञ्चालन गरिरहेका रमेश रिमालले नोटबजारसँग कुराकानी गर्दै भने ‘हामी व्यापारीको लागि त सबैभन्दा ठूलो सिजन नै यही हो’ भन्छन् ‘ दशैंको लागि भनेर नै थप ३ जना कामदार थपेको छु ।’ अन्य बेलको भन्दा बेला दशैंमा बढि व्यापार हुने हुँदा कामदार नै थप्नुपर्ने अवस्था आएको उनले बताए । दशैं मनाउन लागि काठमाडौंबाट बाहिर जानेहरुले आफ्ना परिवारका अन्य सदस्यहरुका लागि केही न केही नयाँ सामान किनेर लगिदिने भएकाले पनि यो बेला बजारमा भीड गर्ने गरेको उनले बताए ।
उच्च भीडभाडका कारण सपिङ गर्नेहरु पसलबाट हास्दैँ बाहिर निस्किरहेका थिए भने कतिपय मानिस आफुले चाहे जस्तो कपडा छान्न नपाएर चिन्तित देखिन्थे । त्यस्तै भृकुटीमण्डप, चावहिल, बौद्ध, गौशाला, माछापोखरी, नयाँ बसपार्क लगायत राजधानीका अन्य स्थानहरु पनि यति भीडभाडमय बनेका छन् ।
नोटबजार डटकमकर्मी अन्जना सुवेदीले दशैं किनमेलको ब्यस्त काठमाडौंलाई यसरी तस्विरमा उतारेकी छिन् ।









? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया