युनिलिभर नेपालको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

युनिलिभर नेपाल (UNL) को ६५० प्रतिशत नगद लाभांश पाउन आज अर्थात असोज २४ गते आइतबारसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।

कम्पनीको सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा र नगद लाभांश वितरण प्रयोजनार्थ असोज २५ गते सोमबारदेखि कात्तिक ११ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

यसअनुसार कम्पनीको प्रस्तावित लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । अर्थात कम्पनीको आजसम्म शेयर खरीद गर्नेले आर्थिक वर्ष २०७७।७८ को नाफा नाफाबाट प्रस्तावित प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश पाउनेछन् भने सोमबारपछि शेयर खरीद गर्नेले लाभांश पाउँदैनन् । कम्पनीको लाभांश खाने कि शेयर बिक्री गर्ने निर्णय लगानीकर्ताले आजको बजार समयभित्र गर्न सक्नेछन् ।

लाभांश पारित गर्न कम्पनीले कात्तिक ११ गते कपोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजे २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले भदौ २१ गते सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको प्रतिशेयर ६५० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्न लागेको हो । अघिल्लो आवमा भने कम्पनीले प्रतिशेयर १०० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।

युनिलिभर नेपालको लाभांश बढ्यो, प्रतिशेयर ६५० रुपैयाँ प्रस्ताव

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । साधारण सभाबाट पारित भएको ४५ कार्यदिनभित्र उक्त लाभांश शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।

युनिलिभर नेपाल लिमिटेड शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको कम्पनी हो । असोज २० गते बुधबार युनिलिभर नेपालको धितोपत्रको दोस्रो बजारमा प्रतिशेयर १९ हजार ३२४ रुपैयाँ शेयरमूल्य रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ आश्विन २०७८, आइतबार  ०९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।