
नेपाल बंगलादेश बैंक बैंक (NBB) ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको ३.५० प्रतिशत नगद लाभांश रहेको छ ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
अघिल्लो आव २०७६/७७ बाट बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले गत आबाट ७.०८ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ लाख २११ रुपैयाँ रहेको छ । १ अर्ब ८ करोड ५ लाख ७८ हजार ५३२ रुपेयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ८ करोड ५३ लाख ९९६ रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया