
हिमालयन बैंक लिमिटेड (HBL) ले यस बडा दशैं तथा दिपावलीको सार्वजनिक बिदाका दिनहरुमा खुला हुने बैंकको शाखा कार्यालहरु तोकेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवाहरु उपलब्ध गराउने अभिप्रायले निम्न मिति र समयमा निम्न शाखाहरु खुल्ला रहने जनाएको छ ।
बैंकका अनुसार बैंकले असोज २६ गते मंगलबार फूलपाती र २७ गते महाअष्टमी बुधबारका दिन बैंकको ठमेल शाखा बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म तीन घण्टा खुला गरेर सेवा दिने भएको छ । महानवमी र विजया दशमीको दिन अर्थात विहीबार र शुक्रबार भने बैंक पूर्ण रुपमा बन्द हुने भएको छ । असोज ३१ गते आइतबारदेखि भने बैंक नियमित समयमा नै खुला हुनेछ ।
प्रदेश नं १ सरकारले २०७८ असोज ३१ गते सार्वजनिक विदा दिएकाले उक्त प्रदेशमा सो दिन झापाको दमक शाखा कार्यालय बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म पूर्ण कार्यालय समय खुला रहने भएको छ ।
यस्तै बैंकले दिपावलीको सार्वजनिक बिदामा कार्तिक १८ बिहिबार लक्ष्मी पूजा दिनमा पनि ठमेल शाखा बिहान १० बजे देखि अपरान्ह १ बजे सम्म तीन घण्टा खुला गरेर सेवा दिने भएको छ ।
बडा दशैंको सार्वजनिक बिदाका दिन
|
दिन |
मिति |
शाखा |
समय |
|
फूलपाती |
आश्विन २६, २०७८ मंगलबार |
ठमेल |
बिहान १० बजे देखि अपरान्ह १ बजेसम्म |
|
महाअष्टमी |
आश्विन २७, २०७८ |
ठमेल |
बिहान १० बजे देखि अपरान्ह १ बजेसम्म |
दिपावलीको सार्वजनिक बिदाका दिनमा
|
दिन |
मिति |
शाखा |
समय |
|
लक्ष्मी पूजा |
कार्तिक १८, २०७८ बिहिबार |
ठमेल |
बिहान १० बजे देखि अपरान्ह १ बजेसम्म |
२०७८ आश्विन ३१ गते प्रदेश नं १ सरकारबाट दिइएको सार्वजनिक विदाका दिन उक्त प्रदेशमा खुल्ला रहने शाखा कार्यालय
|
दिन |
मिति |
शाखा |
समय |
|
आइतबार |
आश्विन ३१, २०७८ |
दमक |
बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया