मध्य भोटेकोशीको आईपीओ २१ लाख ५९ हजारले भरे, आज अन्तिम मौका

0
Shares

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आइतबार साँझसम्म २१ लाख ५९ हजार २६ आवेदकले भरेका छन् ।

शेयर खरीदका लागि उल्लेखित आवेदकबाट ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि माग परेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमईले जानकारी दिएको छ ।

यो संख्या सर्वसाधारणबाट आवेदन माग गरिएको कित्ता (८१ लाख ९० हजार) को ४.०३ गुणा धेरै हो ।

कम्पनीले असोज २० गते बुधबारदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी ८१ लाख ९० हजार कित्ता शेयरको लागि सर्वसाधरणबाट आवेदन माग गरेको थियो ।

इच्छुक लगानीकर्ताले आईपीओमा आज अर्थात असोज २५ गते सोमबार कार्यालय समयसम्ममा आवेदन दिन सकिन्छ । आईपीओमा प्रतिकित्ता न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्पनीको आईपीओमा मेरो शेयर मोबाइल एप तथा वेसाइट एवं नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाटबाट पनि आवेदन दिन सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  ०९ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।