यूनिलिभरको लाभासं ७७० प्रतिशत

0
Shares

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत उत्पादन मूलक समुहको कम्पनी यूनिलिभर नेपालले सेयरधनीलाइ ७७० प्रतिशत नगद लाभांस दिने भएको छ ।

नेप्सेमा ब्लु चिप सेयरको रुपमा परिचित युनिलिभरले गत आर्थिक वर्ष २०७५/२०७६ नाफावाट सेयर धनिलाई प्रतिफल दिने निर्णय गरेको हो ।
कम्पनीको मुम्बइ स्थित कार्यालयमा सम्पन्न १५६ औ सञ्चालक समितिको बिहीबार सम्पन्न बैंठकले सेयरधनीलाइ नाफा वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ७५ करोड रुपैयाँ बरावरको कारोबार गरेको छ । सो अवधिमा कम्पनीले एक अर्ब ६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
धितोपत्र बजारमा यूनिलिभर नेपाललको प्रतिकित्ता सेयर मूल्य १९ हजार ४ सय रुपैयाँ खरिद बिक्री भएको छ ।