रेमिट्यान्स निकाल्न अब आधिकारिक सक्कल परिचयपत्र नै चाहिने, प्रतिलिपिमा सहिछाप पनि आवश्यक

0
Shares

नेपाल राष्ट्र बैंकले विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरुलाई विप्रषण (रेमिट्यान्स) भुक्तानीमा थप कडाई गरेको छ ।

केन्द्रीय बैंकले निर्देशन जारी गर्दै विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरु लगायत त्यस्ता कम्पनीबाट नियुक्त सब एजेन्टहरुलाई रेमिट्यान्स भुक्तानी गर्दा वेनिफिसियरी (सम्बन्धित व्यक्ति) को फोटो सहितको सक्कल परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडि सहिछाप समेत गराएर रकम भुक्तानी गर्न निर्देशन दिएको छ ।

यसअघि यस अघि नागरिकता वा नेपाल सरकारले जारी गरेको अन्य परिचयको फोटोकपी बुझाएर रकमको भुक्तानी लिन सकिने ब्यबस्था थियो । अब भने सक्कल परिचयपत्र नै रुजु गरेर प्रतिलिनपीमा समेत सहिछाप लगाएर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय बैंकका विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलद्धारा जारी निर्देशनमा भनिएको छ, ‘विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त कम्पनीहरु लगायत त्यस्ता कम्पनीबाट नियुक्त सब एजेन्टहरुले विद्यमान नियन्त्रण संयन्त्र का अतिरिक्त विप्रेषण वापतको रकम भुक्तानी गर्दा वेनिफिसियरी (सम्बन्धित व्यक्ति) को सक्कल नागरिकता।राहदानी। नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र रुजु गरी सोको प्रतिलिपि पछाडि सहिछाप समेत गराएर रकम भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ । ’

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।