सिटिजन्स बैंकले डाक्यो साधारण सभा, थप मर्जर गर्न सञ्चालकलाई अख्तियारी दिने

0
Shares

आक्रमकभन्दा शालिन बैंकिङ्गलाई अगाडि बढाइरहेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले थप मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउने भएको छ ।  बैंकले कात्तिक १६ गते आह्वान गरेको साधारण सभाको विशेष प्रस्तावमा लाभांश अनुमोदनका साथै मर्जर तथा प्राप्ती समेत राखिएको छ ।

असोज २५ गते बसेको सञ्चालक समितिको ३८० औं बैठकले आह्वान गरेको साधारण सभाको विशेष प्रस्तावको दोस्रो विशेष प्रस्तावमा मर्जरको एजेण्डा राखिएको छ । जसमा सिटिजन्स र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न तथा आवश्यक प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ ।

ग्रामीण स्तथरमा समेत बैंकिङ्ग सेवा पुर्याउने उदेश्यका साथ बैंकले विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्ती गर्ने प्रकृया अगाडि बढाइरहेको अवस्था छ । बैंकले सहयोगि विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, सिर्जना फाइनान्सलाई प्राप्ती गरिसकेको छ ।

यस्तै वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको डिडिए गर्न राष्ट्रि वा अन्तराष्ट्रिय मूल्याङ्कनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

सभाले सञ्चालक समितिले गत आवबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस र कर प्रयोजन सहित ३.०८७ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रहेको छ । यसअनुसार बैंकले लाभांश वितरणका लागि २ अर्ब १ करोड २३ लाख ०७ हजार ६९८ दशमलव ३४ रुपैयाँ वितरण गर्नेछ । जसमध्ये १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१ रुपैयाँ १० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहित चुक्ता पूँजीको ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७ दशमलव २४ रुपैयाँ बराबरको नगद लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ ।

सभामा बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संसाेधन, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । बैंकको १५ औं वार्षिक साधारण सभाले सर्वसाधारण शशेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने समेत कार्यतालिका छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २२ गते सोमबार बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबारदिनसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

सिटिजन्स बैंकले तोक्यो बुकक्लोज

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।