के हो बोनस दर ? कुन बीमा कम्पनीमा बीमा गर्दा कति पाइन्छ ?

0
Shares

पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनी प्राइम लाइफ, ज्योति लाइफ, मेट लाइफ, रिलायन्स लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/२०७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।

यी कम्पनीहरुले आर्थिक वर्ष २०७६/२०७७ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् । कम्पनीले सार्वजनिक गरेका नयाँ बोनस दर यस प्रकार छन्

१. प्राइफ लाइफ

प्राइफ लाइफ इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

२. ज्योति लाइफ

लाइफ इन्स्योरेन्सले २०७७ अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने गरी जारी गरिएका बीमालेखहरुमा प्रतिहजार न्यूनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

सावधिक जीवन बीमालेख अन्र्तगत बीमा अवधिअनुसार न्यूनतम प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।
सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार कम्पनीले प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ ।
यस्तै, कम्पनीले अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

३.महालक्ष्मी लाइफ

कम्पनीले मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।
यस्तै, महालक्ष्मी सरल जीवन बीमा योजना, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधि अनुसार बीमितले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा सबै बीमा अवधिका लागि कम्पनीले ५० रुपैयाँ बोनस कायम गरेको छ । कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनस कायम गरेको छ ।

४.रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बीमांकीय मूल्यांकन प्रतिबेदन बीमा समितिबाट असोज ६ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले न्युनतम १९ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक,सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ६० रुपैयाँ,अग्रिम भुक्तानी सर्वाधिक बीमा योजनामा ४१ रुपैयाँ देखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँख देखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।

५. मेट लाइफ

मेट लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमालेखमा बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ,।

कम्पनीले सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान) मा बीमा अवधिअनुसार न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

शिक्षा संरक्षण बीमालेख (एजुकेशन प्रोटेक्शन प्लान) मा कम्पनीले बीमा अवधि अनुसार न्यूनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनसदर कामय गरेको छ । यस बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी बीमालेख (थ्री पेमेन्ट प्लान) कम्पनीले न्यूनतम प्रति हजार ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

उपरोक्त अनुसारको बोनसदर मृत्यु दावी, समपर्ण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखहरुमा लागू हुने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीको अर्को बीमाङ्कीय मुल्याङकन अनुसार बीमा समितिबाट अर्को व्यवस्थ ागर्न स्वीकृत नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनस दर लागू हुने कम्पनीले बताएको छ ।

के हो बोनस दर ?

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष बोनसदर निर्धारण गरिन्छ  । यस्तो बोनसदर कम्पनीले जारी गर्ने हरेक बीमा योजनामा फरक–फरक हुन्छ  ।

बीमा कम्पनीको चुक्ता पूँजी, जगेडा कोष तथा लगानीको क्षेत्र, खर्च, आम्दानी लगायतलाई हेरी बोनसदर निर्धारण गरिन्छ ।

बीमा जोखिम हस्तान्तरणका लागि गर्ने गरिन्छ । भविष्यमा आइपर्नसक्ने भवितव्य जोखिमलाई सामाना गर्न सजिलो होस् भन्नाका लागि जीवन बीमा योजना खरीद गरिन्छ ।

जीवन बीमा गर्नुको मूख्य उद्देश्य जोखिम हस्तान्तरण गर्नु हो । जोखिम हस्तान्तरण गर्नुको साथसाथै उक्त बीमा योजनाले दिने बोनस पनि हो । त्यसैले जीवन बीमा योजना खरिद गर्नुपूर्व कम्पनीले दिने बोनसदरका बारेमा पनि अध्ययन गर्न जरुरी हुन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।