राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो

0
Shares

नेपाल राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो । एटिएम ह्याक बारे अध्ययन गर्न गठित समितिले रकम झिक्न मिल्ने सीमा घटाउन सुझाब दिएकै दिन राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो।

गत शुक्रबार र शनिबार गरी चिनियाँ ह्याकरले नक्कली भिसा कार्ड बनाई विभिन्न बैंकको एटीएम मार्फत् करोडौं रुपैयाँ लुटेका थिए । यसै सन्दर्भमा जाँचबुझ तथा अध्ययन गर्न राष्ट्र बैंकले समिति गठन गरेको थियो ।

राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै एटीएमबाट एक दिनमा अधिकतम ६० हजार रुपैयाँ र एक पटकमा अधिकतम २० हजार रुपैयाँमात्रै निकाल्न सकिने व्यवस्था गरेको छ ।

यसअघि एक दिनमा अधिकतम एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न पाइने व्यवस्था थियो । न्यूनतम झिक्न मिल्ने रकम भने ५०० रुपैयाँ कायम रहेको छ ।