चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

0
Shares

सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ ।

चीनको बाणिज्य मन्त्रालयका प्रवक्ता काओ फेङले बिहीबार एक पत्रकार सम्मेलनमा बताए, “सन् २०१९ को जनवरीदेखि जुलाईसम्ममा चीनमा जर्मनीको लगानी एक अर्ब १७ करोड अमेरिकी डलरले वृद्धि भएको र द्विपक्षीय व्यापारमा २.४ प्रतिशतले वृद्धि भई झण्डै एक अर्ब सात करोड अमेरिकी डलर पुगेको तथ्याङ्कले देखाएको छ ।”

त्यस्तै चीनले जर्मनीमा सोही समयमा एक अर्ब १ करोड अमेरिकी डलर लगानी गरेको र यो अघिल्लो बर्षको तुलनामा २७.६ प्रतिशतको वृद्धि हो ।

जर्मनीको लागि चीन लगातार तीन बर्षसम्म सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको छ । जर्मनीका कम्पनीहरूका लागि चीन एक मन पर्ने गन्तब्यका रूपमा रहेको काओले उक्त अवसरमा बताए ।

सन् २०१८ मा चीन र जर्मनीबीचको द्विपक्षीय व्यापार ९.४ प्रतिशतले वृद्धि भएको थियो जुन अहिलेसम्मकै उच्च दर हो । यसबाट दुई देशबीचको कारोबार एक खर्ब ८३ अर्ब ९० करोड पुगेको थियो ।