साधना लघुवित्तको लाभांश पाउन आजसम्म शेयर किन्नुपर्ने

0
Shares

साधना लघुवित्त (SDLBSL) ले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट प्रस्ताव गरेको लाभांश पाउन आजसम्म शेयर किनेर शेयरधनी भैसकेको हुनुपर्नेछ । सोमबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ७८० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कार्तिक ३ गतेदेखि कार्तिक १३ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात कार्तिक २ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।

साधना लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न कार्तिक १३ गते शनिबार साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तले गत आव २०७७।७८ बाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार लघुवित्त कम्पनीको साधारण सभाले ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३३ लाख ८१ हजार ३ सय २१ रुपैयाँ ५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यस्तै साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

सभामा संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन र मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ कार्तिक २०७८, मंगलबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।